चित्लाङ–चन्द्रागिरी–थानकोट सडक तत्काल स्तरिकरणको प्रधानमन्त्रीसँग १० करोड माग

हेटौँडा । चित्लाङ–चन्द्रागिरी–थानकोट सडकको स्तरिकरणको लागि तत्काल १० करोड बजेटक उपलब्ध गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग माग गरिएको छ । आज बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेट गरि मकवानपुर क्षेत्र नंबर २ का सांसद एवम् एमाले सचेतक महेशकुमार बर्तौला, संविधानसभा सदस्य रामनारायण बिडारी, सुभाषचन्द्र ठकुरी, थाहा नगरपालिकाका मेयर विष्णु विष्ट सहितको टोलीले निकै जिर्ण अवस्थामा रहेको चित्लाङ–चन्द्रागिरी–थानकोटको तत्काल मर्मतको लागि १० करोड बजेट माग गरेका हुन् ।

चित्लाङ–चन्द्रागिरी–थानकोट सडकखण्डमा दुर्घटना बढेको भन्दै प्रधानमन्त्री प्रचण्डसँग तुरुन्तै १० करोड रुपैँया माग र बहुवर्षिय योजनामा पारेर कम्तिमा ४० करोड रुपैँयाको श्रोत सुनिश्चितताको अनुरोध गरिएको सचेतक बर्तौलाले बताए ।
काठमाण्डौँबाट नजिकै रहेको मकवानपुरको थाहा नगरक्षेत्रमा प्रवेश गर्ने छोटो दुरिको सडकको अवस्था जर्जर भएको कारण दिनहु दुर्घटनाहरु भैरकेको भन्दै सरकारले पर्यटकीय क्षेत्रमा जाने सडकलाई विशेष महत्वको साथमा हेर्नुपर्ने बर्तौलाको भनाई रहेको छ ।

 

समाचार समाज