प्रेस चौतारी मकवानपुरको कार्यालय उद्घाटन्, दुइ दिने कार्यशालाको समापन

हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुर साखा कार्यालयको आज उद्घाटन् गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको कार्यालयको आज प्रेस चौतारी नेपालका महासचिब हिरामान लामाले उद्घाटन् गर्नुभयो ।

प्रेस चौतारीको कार्यालयबाट अब आन्तरिक गतिबिधी गर्दै समाचार लेखनको काममा यस कार्यालय थप उपयोगि हुने उहाँले बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपालका सचिब तथा बागमती प्रदेश इन्चार्ज बिष्णु तारुकेले यस कार्यालय खोलेर प्रेस चौतारीले छरिएर रहेका पत्रकारहरुलाई एकताबद्ध ढंगले काम गर्न सहज हुने बताउनुभयो ।

 

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाई, चौतारीका बागमती प्रदेशका महासचिब प्रकाश दाहाल, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष धुर्ब अधिकारी, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापा लगायतकाको आतिथ्यता रहेको थियो । प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा कार्यालय उद्घाटन् गरिएको हो ।

यसैगरी प्रेस चौतारी नेपाल जिल्ला कमिटी मकवानपुरको आयोजनामा ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावना विषयक दुइ दिने कार्यशाला आज सकिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालयका पूर्व मन्त्री एकालाल श्रेष्ठले यो दुइदिनको कार्यशालामा निकै फलदायी रहेको बताउनुभयो ।

अबको युग डिजिटल भएकाले यसतर्फ पत्रकारहरु लाग्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिब हिरामान लामा, सचिब तथा बागमती प्रदेश इन्चार्ज बिष्णु तारुके, केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाई, चौतारीका बागमती प्रदेशका महासचिब प्रकाश दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, महासचिब कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष धुर्ब अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष आरती पाठक, सञ्चारीका समुह बागमती प्रदेशका अध्यक्ष सरिता दाहाल, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापा लगायतकाको आतिथ्यता रहेको थियो ।

चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पुस्पराज अधिकारीले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो ।

राजनीति समाचार