आज दुई प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार सोमबार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

.

यस्तै, तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएको छ । त्यसकारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै महाशाखाले चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन आनुरोध गरेको छ ।

समाज