पत्रकार रमेश बन्जराले पाए सफाई

हेटौंडा- जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका हेटौंडाका पत्रकार ईन्द्रप्रसाद बन्जरा (रमेश) लाई अदालतले सफाई दिएकाे छ ।


मंगलबार जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सञ्जेलको ईजलासले उनि विरुद्ध दिएको उजुरीमा दावी नपुग्ने भन्दै सफाई दिएकाे हाे ।


सफाइ दिएसँगै भीमफेदी कारागारमा रहेका बन्जरा मंगलबार नै थुनामुक्त भएका छन् । एक महिलाले आफुलाई बन्जराले जवरजस्ती करणी गरेको भन्दै उजुरी दिएपछि उनलाई २०७९ चैत ३० गते प्रहरीले पक्राउ गरेको थियो । त्यसयता अदालतकाे आदेशमा बन्जरा पुर्पक्षका लागि थुनामा रहेका थिए ।


सोहि विषयको समाचार लेखेकै भरमा पत्रकार रविन्द्र गौतमलाई पनि लागेको मुद्दामा उनले पनि सफाइ पाएका छन् ।

समाचार समाज