मकवानपुरमा सवारी दुर्घटना: ६ महिनामा ३२ जनाको मृत्यु

चालु आर्थिक वर्षको ६ महिनामा मकवानपुरमा भएका सवारी दुर्घटनामा परी ३२ जनाको मृत्यु भएको छ । गत साउनदेखि पुष महिनासम्ममा जिल्लाका विभिन्न स्थानमा ११० वटा घटनामा १४४ वटा सवारी दुर्घटना भएका थिए ।

दुर्घटनामा ५० जना गम्भीर र १८२ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । महिनागत विवरणमा साउनमा १३ दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो भने भदौ, असोज, कात्तिक, मंसिर र पुषमा क्रमशः १, ६, ७, १२ र ३ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

गत आर्थिक वर्षको सोही अवधिमा २०९ वटा दुर्घटनामा २९ जनाको मृत्यु भएको थियो । यसपटकको मृत्यु हुनेको संख्या भने त्यो भन्दा बढी देखिएको छ। प्रहरीले सवारी चालक र यात्रुलाई सचेत र सावधान रहन आग्रह गरेको छ।

समाचार समाज