राक्सिराङमा रैथाने वाली बिक्री संकलन केन्द्र स्थापना

मकवानपुरको राक्सिराङमा रैथाने वाली बिक्री संकलन केन्द्र संचालनमा आएको छ ।

राक्सिराङको हिमाली देवीटार कृषि सहकारी संस्था लिमिटेडले स्थानीय उत्पादन कृषि उपज तथा रैथाने बाली बिक्री वितरण र संकलन केन्द्र स्थापना गरेको हो ।

.

सहकारीले आफ्नो चौथो वार्षिक साधारण सभाको अवसरमा मंगलबार एक कार्यक्रमबीच उक्त केन्द्रको उद्घाटन गरेको हो । राक्सिराङ–८ मा रहेको उक्त केन्द्रको उद्घाटन गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गरेका हुन् ।

गत आर्थिक वर्ष २०७९/०८० मा विनियोजित ८ लाख रुपैयाँको बजेटबाट ३ कोठाको भवनमा सहकारी संस्थाले रैथाने बाली बिक्री वितरण र संकलन केन्द्र स्थापना गरेको हो ।

संकलन केन्द्रमा संस्थाले मकैको पिठो, गुन्द्रुक, चिउरीको पिना, घ्यु, वन तरुल, कोदोको पिठो, फापरको पिठो, तोरी, मास, मस्याङ, केरा, गहत, जुनेलो, डोको, मान्द्रो, तामा, पिडालु, सिमल तरुल लगायत २० प्रकारको स्थानीय उत्पादन बिक्रीवितरणको लागि राखिएको छ ।

समाचार समाज