जनमत पार्टी मधेस सरकारबाट बाहिरियो

हेटौंडा । सत्ता साझेदार जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ । सोमबार सप्तरीमा भएको घटनापछि मंगलबार जनमत पार्टी सरकारबाट बाहिरिएको हो ।
जनमतबाट सरकारमा रहेका श्रम तथा यातायात मन्त्री चन्दन सिंह र शिक्षा तथा संस्कृति मन्त्री महेश यादवले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा दिएका छन् । राजीनामासँगै जनमत पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
सोमबार सप्तरीमा कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीको लाठीचार्जबाट मन्त्री महेश यादवको टाउकोमा चोट लागेको थियो भने केही सांसद पनि घाइते भएका थिए ।

राजनीति समाचार