मानव बेचविखन तथा ओसारपसारविरुद्ध प्रदेशस्तरीय संरक्षण नीतिको प्रचार तथा आगामी कार्यदिशा सम्बन्धी एकदिने अभिमुखीकरण

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीतिको प्रचार तथा आगामी कार्यदिशा विषयक एकदिने अभिमुखीकरण कार्यक्रम हेटौँडामा सम्पन्न

अष्ट्रेलियन एड, द एसिया फाउण्डेशन र महिला, कानून र विकास मञ्चसँगको सहकार्यमा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित एकदिने अभिमुखीकरण कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ।

कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीति २०८० को पृष्ठभूमि, उद्देश्य, रणनीति लगायतका विषयमा छलफल भएको थियो।

कार्यक्रममा बागमती प्रदेशका सांसद, हेटौँडा उपमहानगरपालिका प्रमुख लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।

मानव बेचबिखनरहित बागमती प्रदेशको लक्ष्यका साथ आयोजित कार्यक्रमले यस विषयमा चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

समाचार समाज