बढ्यो सुनको मूल्य

हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।
बिहीबार छापावाल सुन एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य बिहीबार तोलामा १० रुपैयाँले बढेर तोलाको १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ