हेटौंडामा भएको ५ दिने असल दुध उत्पादन अभ्यास तालिम सम्पन्न

हेटौंडा- राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा हेटौंडामा संचालन गरिएको ५ दिने असल दुध उत्पादन अभ्यास तालिमको शुक्रबार समापन भएको छ ।

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. का अध्यक्ष हरि प्रसाद कडेलको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल डेरी एसोसिएसन (एनडिए) का केन्द्रिय सदस्य निराजन कोइराला, एनडिएका मकवानपुर सचीव अमिर ढकाल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका ब्यवस्थापक कुमारमणी दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।

गत माघ १५ गतेदेखि संचालन भएको तालिममा दुग्ध सहकारी संस्था, निजि दुग्ध उद्योग/फर्म तथा डिडिसी का गरि २० जना कर्मचारीहरुको सहभागीता रहेको थियो । तालिमको सहजीकरण राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसन्धान अधिकृत नारायण देशारले गर्नुभएको थियो ।

तालिम धेरै नै प्रभावकारी रहेको भन्दै सहभागीहरुले आफुले सिकेको ज्ञान आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्ने बताएका छन् ।

शिक्षा समाचार समाज