निर्माण व्यवसायीलाई दुई दिने व्यवस्थापन तालिम

हेटौँडा । नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा हेटौँडामा निर्माण व्यवसायीहरुका लागि दुई दिने तालिम आयोजना गरिएको छ । निर्माण व्यवसायी संघ मकवानपुरको संयोजनमा बिहीबारबाट सुरुभएको तालिममा निर्माणसम्बन्धी व्यवस्थापनका बारेममा प्रशिक्षण दिइने भएको छ ।

तालिमको शुभारम्भमा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल कंडेलले निर्माण व्यवस्थापनसम्बन्धी अनुभवको अभावमा निर्माण व्यवसायमा विभिन्न समस्या सामना गर्नुपर्ने अवस्था आउने गरेको बताउँदै निर्माण व्यवसायीमा व्यवस्थापनसम्बन्धी ज्ञान आवश्यक भएको बताउनुभयो । उहाँले कुनै पनि योजना निर्माणका विभिन्न चरणमा व्यवस्थापकीय पक्ष महत्वपूर्ण हुने भएकोले तालिमको आयोजना गरिएको भन्दै निर्माण व्यवसायीलाई आफूले लिएको काम समयमा गुणस्तरीय रुपमा सम्पन्न गर्न आग्रह गर्नुभयो ।

तालिममा बिमा, निर्माणको कामको प्रगति, भुक्तानीलगायतका निर्माण व्यवस्थापनका बारेमा ईन्जिनियर घनश्याम गौतमले प्रशिक्षण दिनुभएको छ । तालिममा करिब ६० जना निर्माण व्यवसायीको सहभागिता रहेको निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव राजेन्द्रप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

समाचार