हेटौँडा सिमेन्ट उद्योगको उत्पादन ५ महिनादेखि शून्य

 

मकवानपुर – कोइला अभावका कारण हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पछिल्लो ५ महिनादेखि शून्य रहेको छ। सरकारको स्वामित्वमा रहेको उक्त उद्योगबाट दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन हुनुपर्नेमा असोजदेखि उत्पादन निरन्तर रोकिएको छ।

उत्पादन नहुँदा उद्योगका प्राविधिक, प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन्। पछिल्ला ४ वर्षदेखि निरन्तर घाटामा रहेको उद्योगमा अब थप आर्थिक समस्या बढेको छ। रकम अभावले कोइला खरिदमा समेत समस्या भइरहेको उद्योगका प्रमुखले बताएका छन्।

हेटौँडामा निजी क्षेत्रका दुई सिमेन्ट उद्योगले भने सिमेन्ट उत्पादनलाई निरन्तरता दिएका छन्।

समाचार