नेकपा एमाले संदीय दलको बैठक आजबाट सुरु हुँदै

नेकपा एमाले संदीय दलको बैठक आजबाट सुरु हुँदैछ । पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज र भोलि दुई दिन बस्ने गरी संसदीय दलको बैठक आह्वान गरेको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

बैठक आज दिउँसो १२ बजेबाट संसद् भवनमा बस्ने गरी आह्वान गरिएको प्रमुख सचेतक गिरीले बताए ।

.

बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै एमाले सांसदहरूले संसदमा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिने जनाइएको छ ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दैछ । उक्त अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी रहेको छ

राजनीति समाचार