सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला ६०० रुपैयाँ बढेको हो ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य स्थिर रहँदै प्रति तोला एक हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ समाचार समाज