मकवानपुरमा ट्राफिक कारबाहीबाट ६ महिनामा १ करोड रुपैयाँ राजस्व संकलन

हेटौंडा । मकवानपुरमा ट्राफिक कारबाहीबाट एक करोड १६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।


.

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गरेको ट्राफिक कारबाहीबाट कुल १ करोड १६ लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।

ट्राफिक नियम उल्लंघन गर्ने १५ हजार ८५५ सवारी साधनको कारबाहीबाट यो राजस्व असुल भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख एवम् प्रहरी निरीक्षक वसन्त आचार्यका अनुसार ट्राफिक सचेतना फैलाएसँगै जिल्लामा ट्राफिक नियम उल्लघन हुने क्रम घटेकाले राजस्व संकलनमा पनि कमी आएको छ ।

गत आर्थिक वर्षमा भने ३ करोड ६९ लाख रुपैयाँ संकलन गरिएको थियो ।

समाचार समाज