क्रिकेट: नेपाल र क्यानडा खेल्दै

हेटौंडा । एकदिवसीय क्रिकेट श्रृंखलामा आज नेपाल र क्यानडा खेल्दै छन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि शुरु हुनेछ ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ श्रृंखला शुरु हुनअघि नेपाल र क्यानडाले तयारीस्वरुप तीन खेल खेल्न लागेका हुन् ।
नेपाली टोलीमा कप्तान रोहितका अतिरिक्त आशिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, देब खनाल, सोमपाल कामी, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।
अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले पहिलो पटक क्यानडासँग घरेलु मैदानमा खेल्न लागेको छ ।

खेलकुद समाचार