मकवानपुरमा एक महिला मृत फेला

मकवानपुरमा . एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

जिल्लाको बागमती गाउँपालिका वडा नम्वर १ भैंसे बस्ने बिमला पहरी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

.

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, ४२ वर्षीया बिमला दिउँसो २ बजेको समयमा आफ्नै घरदेखि ३०० मिटर उत्तरमा रहेको त्रिवेणी सामुदायिक वनमा भलायाको रुखमा आफ्नै सुरुवालले घाँटिमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी हुन् ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।

समाचार समाज