नेपालले आज क्यानडाविरुद्ध तेस्रो खेल खेल्दै

हेटौंडा । नेपालले आज क्यानडाविरुद्ध एक दिवसीय सिरिजको तेस्रो खेल खेल्दैछ ।
सिरिजको अन्तिम खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुरु हुँदैछ।
सिरिज अन्तरगत बिहीबार र शनिबार भएका दुई खेलमा विजयी भएर नेपाल एक खेल अगाडि नै च्याम्पियन भइसकेको छ ।
बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले सात रनको रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।

खेलकुद समाचार