दुर्घटनामा परेर मकवानपुरका घलान घाइते

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ७, बिजौनास्थित मंगलबार साँझ स्कुटर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय २९ वर्षीय राजेश घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, पुर्व–पश्चिम सडकखण्ड अन्तर्गत पर्ने मनहरीबाट सुनाचुरीतर्फ जाँदै गरेको प्र.२–०३–००१ प ६१९ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर स्कुटर चालक घलान घाइते भएका हुन् । उनको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको जनाइएको छ ।

प्रहरीका अनुसार, घाइते उनको टाउको र हातखुट्टामा चोट लागेको छ । स्कुटर इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

समाचार समाज