आज भ्यालेन्टाइन ‘डे’ अर्थात प्रेम दिवस मनाइँदै

आज फागुन २ गते अर्थात फेब्रुअरी १४ तारिख । आज विश्वभर भ्यालेन्टाइन ‘डे’ अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा–युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् ।

यो दिन प्रेमी–प्रेमीकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । आजका दिन प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर आ–आफुनो प्रेमी–प्रमिकालाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भन्ने गरिन्छ ।

.

युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन ‘डे’ लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । भ्यालेन्टाइन ‘डे’ को रौनक बढेपछि नजिकै भए भेटेर रातो गुलाव तथा मनपर्ने उपहार दिएर प्रेमलाई थप गाढा बनाउने प्रयास गरिन्छ भने टाढा भए नयाँ प्रविधिको सहारा लिएर भ्यालेन्टाइन ‘डे’ मनाउने चलन छ ।

समाचार समाज