बुधबार सुनचाँदीको मूल्य घट्यो

हेटौंडा।  साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुन आज १२ सयले घटेको हो।

मंगलबार १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन र १ लाख १६ हजार ५ सय रुपैयाँमा र तेजाबी सून १ लाख १५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यसैगरि,आज चाँदीको मूल्यमा पनि गिरावट भएको छ ।मंगलबार  प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ६५ रुपैयाँमा  कारोबार भइरहेको छ ।

अर्थ समाचार