करिब एक करोड विदेशी मुद्रासहित दुई पाकिस्तानी नागरिक पक्राउ

करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उक्त रकमसहित फ्लाई दुबई एयरलाइन्समार्फत नेपाल आएका दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पाकिस्तानी वर्ष ३१ का येसीन अहमद र वर्ष ४८ का मोहम्मद अदनान लखानी रहेका छन् ।

अन्तर्राष्ट्रिय उडान तर्फको आगमन गेटमा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट डेनमार्कको मुद्रा ५ लाख (नेपाली रु ९५ लाख ४३ हजार ३८४ रुपैयाँ) सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी बृत्त गौशलामा राखिए छ ।

समाचार समाज