पाँचौ हेटौंडा राष्ट्रिय जर्नालिजम अवार्ड सम्पन्न

हेटौंडा । पाँचौ राष्ट्रिय हेटौंडा जर्नालिजम अवार्ड शनिबार सम्पन्न भएको छ । हेटौंडामा १० वटा विधामा उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत र सम्मानित गर्दै पाँचौ राष्ट्रिय हेटौंडा जर्नालिजम अवार्ड सम्पन्न भएको हो।

हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता तथा टिम नेपालका अध्यक्ष माधवराज खरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडाका उपमेयर राजेश बानियाँ, मकवानपुरका प्रजिअ सुर्य प्रसाद सेढाई, हेटौंडा ६ का वडाध्यक्ष विष्णु बहादुर दाहाल, ७ नम्बर वडाका अध्यक्ष दामोदर गौतम, हेटौंडा ११ का वडाध्यक्ष जुना दाहाल, जसपा नेता विद्युत बज्राचार्य, कलाकार सुसान्त श्रेष्ठ, मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागिता रहेको थियो।

पाँचौ जर्नालिजम अवार्डमा —२०८० मा अवार्ड र सम्मान प्राप्त गर्ने पत्रकारहरू

क) अग्रज संचारकर्मी सम्मान २०८० बाट : राससका पत्रकार कृष्ण राम परियार, ईमेज च्यानल टेलिभिजनका सुवर्णलाल श्रेष्ठ र उज्यालो नेटवर्कका पत्रकार एवं नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई
ख) संचार उद्यमी सम्मान २०८० बाट पालुङ एफएमका ध्रुवराज ढकाल, नेशनल गोल्ड टिभिका उज्वल चौलागाई र हेटौँडा सन्देश दैनिकका माधव न्यौपाने

ग) उत्कृष्ट उदियमान पत्रकार वर्ष अवार्ड*२०८० बाट समृद्ध समाज दैनिकका रविन्द्र वाइवा

घ) उत्कृष्ट टेलिभिजन पत्रकारिता बर्ष अवार्ड-२०८० बाट टिम टिभिका मनिल महतो
ङ) उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्ड-२०८० बाट अनिरुद्ध खबर डटकमका अनिल पराजुली
च) उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड-२०८० बाट रातोसमाचार डटकमका राजेश थापा (गरिब)
छ) उत्कृष्ट ग्रामीण पत्रकारिता अवार्ड-२०८० बाट न्युज ट्वान्टी फोर टिभीकी सुनिता विष्ट (कृष्ण)
ज) उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड-२०८० बाट गोल नेपाल डटकमका विक्रम बानियाँ
झ ) उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड -२०८० बाट साझाकुरा दैनिकका रेवती तिमल्सिना (नविन)
ञ) उत्कृष्ट बर्ष पत्रकारिता अवार्ड -२०८० पुरुषतर्फ रातोपाटी डटकमका गणेश दुलाल (श्यामलाल)
ट) उत्कृष्ट बर्ष पत्रकारिता अवार्ड-२०८० महिलातर्फ राजधानी दैनिककी सरिता दाहाल
ठ) सर्वोकृष्ट राष्ट्रिय पत्रकारिता वर्ष अवार्ड २०८० बाट कान्तिपुरका होम कार्की-khabarbreak

समाचार समाज