मनहरी–२ मा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२ स्थित भुन्द्रुङटाँडीमा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

ल्होछारको अवसरमा मनहरी एकता तामाङ समाजको आयोजना शुक्रबारबाट सुरु भएको विविध सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

.

कार्यक्रम मनहरी एकता तामाङ समाजका अध्यक्ष अर्जुन घलानको अध्यक्षता एवम् मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यतामा भएको हो ।

नेपाल तामाङ घेदुङ पूर्व महासचिव काजीमान थिङको आतिथ्यता रहेको कार्यक्रममा स्थानीय तथा राष्ट्रिय गायक तथा कलाकारले गीत, नृत्य र मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए ।-tukhabar

समाचार समाज