तनहुँमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा १८ च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

.

प्रहरीका अनुसार, मृतकको सनाखत भएको छैन । सो दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेका छ ।

उक्त जीप अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेको थियो ।

समाचार समाज