आज चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आज पहाडी भू–भागमा चट्याङ्गसहित वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको जनाएको हो ।

महाशाखाका अनुसार, देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको र त्यसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको महाशाखाले जनाएको छ ।

समाचार समाज