प्रधानन्यायाधीश श्रेष्ठद्वारा दुई न्यायाधीश बर्खास्त

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले दुई न्यायाधीशलाई बर्खास्त गरेका छन् । न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीश श्रेष्ठले दुई न्यायाधीशलाई बर्खास्त गरेका हुन् ।
उनले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गरेका छन् । उनीहरुले न्यायाधीशको आचारण विपरीत कार्य गरेको ठहर गर्दै आइतबार न्याय परिषदले पदमुक्त गर्न सिफारिस गरेकोमा सिफारिस थियो ।
त्यस्तै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराउने निर्णय गर्दै महोत्तरी जिल्ला अदालत सरुवा गरिएको छ ।

समाचार