लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोद्वारा पार्टी परित्याग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उनले औपचारिक रूपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा गरेका छन् । उनले वैकल्पिक शक्ति निर्माणमा लागेको भन्दै उनले विचार मिल्नेहरु अभियानमा जोडिने सक्ने बताउँदै पार्टी घोषणा भने तत्काल नगर्ने जनाए ।
उनले देशमा एकल राष्ट्रिय राज्यको चिन्तन सोचबाट संविधान निर्माण र राज्यको सञ्चालन भई रहेको कारणले नेपाल सबै नेपालीको लागि बन्न नसकेको जनाउँदै बहुल राष्ट्रिय राज्य व्यवस्थाको निर्माणका लागि अघि बढ्ने बताए ।
पार्टी नेतृत्वसंग असन्तुष्ट महतो केही समयदेखि छुट्टै अभियानका लागि देश दौडाहमा थिए ।

राजनीति समाचार