माओवादी स्थायी कमिटी बैठक आज पनि जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।
बैठकमा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने  र आगामी जागरण अभियानबारे छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
मंगलबारको बैठकमा कांग्रेस महासमिति बैठकले गरेको निर्णय, सुदूरपश्चिम प्रदेशमा माओवादीभित्र देखिएको विवाद र राष्ट्रियसभा अध्यक्ष चयन लगायतको छलफल भएको थियो ।

राजनीति समाचार