हेटौंडा । मकवानपुरे कलाकार सुन्दर धिताल नेपाली फिल्म ‘रंगेली’ मा मुख्य भूमिकामा देखिने भएका छन् ।
एक दशकभन्दा बढी समयदेखि मनोरञ्जन क्षेत्रमा अभिनय तथा निर्देशनमा लागेका धितालले यहि फागुन २५ मा रिलिज हुँदै गरेको रंगेलीमा पहिलो पटक डेब्यु गरेका हुन् ।
उनले यसअघि विभिन्न नाटकहरुमा अभिनयका साथसाथै निर्देशन समेत गर्दै आएका थिए । धितालको निर्देशन एवम् परिकल्पना रहेको समय पीडा नाटकको साथसाथै फरक भूमिकाहरुबाट सुरु भएको, ‘२४ मा १२’ र ‘ज्ञानको चिहान’ ले छिट्टै रंगमञ्चमा उनलाई परिचित गराएपनि ठूलो पर्जामा खल–नायकको रुपमा भने रङेली फिल्म मार्फत् आउन लागेका हुन् ।
उनले हालसम्म ४० भन्दा बढी सर्ट फिल्महरु र १० वटा म्यूजिक भिडियोह अभिनय गरिसकेका छन् । उनको पहिलो डेब्यु फिल्म रंगेलीको निर्देशकमा अर्जुन सुवेदी, सुशन प्रजापति छायांकनमा रहेका छन् । यस्तै कलाकारहरुमा मिरुना मगर, दयाह्याङ राई, अर्पण थापा, प्रविण खतिवडा, रमेश बुढाथोकी , लगायत कलाकारको अभिनय रहेको छ ।