वायुसेवा संचालक संघको अध्यक्षमा कार्की

हवाई सेवा प्रदाय संस्थाहरूको छाता सङ्गठन वायुसेवा संचालक संघको अध्यक्षमा मनोज कार्की चयन भएका छन् ।

संघको बिहीबार भएको २३ औँ वार्षिक साधारणसभाले संघका महासचिव उनलाई आगामी दुई वर्षका लागि निर्विरोध चयन गरेको हो । उनी समिट एयरका प्रबन्ध निर्देशक रहेका छन् ।

यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डे, प्रथम उपाध्यक्षमा अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पा, उपाध्यक्षमा श्रीएयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धर, महासचिवमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुवास सापकोटा, सचिवमा मुरलीधर जोशी र कोषाध्यक्षमा बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रुपेश जोशी चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा क्रमशः उमेश पनेरु, बालकृष्ण श्रेष्ठ र उमेश आचार्य चयन भएका छन् ।

समाचार समाज