नेदरल्यान्ड्ससँगकाे फाइनलमा नेपाल टस जितेर ब्याटिङ गर्दै

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा नेदरल्यान्ड्ससँगकाे खेलमा नेपालले टस जितेकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपाली टाेलीका कप्तान राेहित पाैडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपाली यसअघिकाे खेलकाे टाेलीलाई नै निरन्तरता दिएकाे छ ।

यस्ताे छ नेपाली टाेली–

कुशल भुर्तेल, आसिफ शेख, राेहित पाैडेल, गुल्सन झा, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, साेमपाल कामी, प्रतिस जिसी र अविनाश बाेहरा ।

नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्कसहित शीर्ष स्थानमा रहेर र नेपाल उति नै खेलमा ४ अङ्कसहित दाेस्राे स्थानमा रहेर फाइनलमा पुगेका हुन् । नामिबिया ४ खेलमा ३ अङ्कसहित तेस्राे स्थानमा रह्याे ।

खेलकुद समाचार