अवैध लागूऔषधसहित राई पक्राउ

मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित बुधबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १८५ ट्याब्लेट लागूऔषध नाईट्राभेटसहित मकवानपुरको बागमती गाउँपालिका–८ बाट एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बागमती गाउँपालिका–८ बस्ने वर्ष २९ को रमेश राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

राईलाई ईलाका प्रहरी कार्यालय फापरवारी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ९ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

समाचार समाज स्थानीय