आज यी प्रदेशमा हल्का हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिनन तीन प्रदेशमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो ।

महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।

समाचार समाज स्थानीय