नेप्से ७० अंकले वृद्धि

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अंकले बढेको छ । साताको पहिलो दिन आइतबारको कारोबारपछि १ हजार ९६० को बिन्दुमा कायम भएको नेप्से अन्तिम दिन बिहीबार २ हजार ३० दशमलव ५६ को बिन्दुमा पुगेको छ ।

सोमबार मात्र नेप्से ११७ दशमलव ७० अंक अर्थात् ६ प्रतिशतले बढेको थियो । यस्तै, मंगलबार नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको थियो ।

बुधबार र बिहीबार दुवै दिन परिसूचक बढ्यो । नेप्सेका अनुसार, परिसूचक बुधबार ९ दशमलव ३३ र बिहीबार १३ दशमलव ५१ अंकले बढेको थियो ।

यस्तै, यो साता पुँजी बजारमा रु १३ अर्ब २२ करोड १७ लाख १७ हजार बराबरको तीन करोड ६० लाख ४४ हजार ३१ कित्ता शेयर कारोबार भएको छ ।

अर्थ समाचार