हेटौंडा ६ मा ट्याक्टर दुर्घटना, दुई घरमा क्षति

हेटौंडा। हेटौंडा ६ हेल्थपोष्ट मार्गमा ट्याक्टर दुर्घटना हुदा दुई घरमा क्षति पुगेको, एउटा गाईको ज्यान गएको एक गाई घाइते भएको छ। शनिबार अपरान्ह हेल्थपोष्ट मार्गबाट कान्तिलोकपथ तर्फ आउदै गरेको बागमती प्रदेश ०३ ००१ त १३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा स्थानीय बलराम डोटेलको घरमा क्षती पुगेको छ भने ट्याक्टरको टेलरले स्थानीय धुव्र लामिछानेको घर र गोठको बार्दली क्षति पुग्नुका साथै गोठमा बाँधेको एउटा गाईको मृत्यु भएको र एउटा घाइते भएको प्रहरीले जनाएको छ।

ट्याक्टर टेलरले गोठमा बाँधेको गाईलाई थिचेको र आगाडीको इन्जिनले डोटेलको घरको भित्ता भत्किएको र झ्यालको पल्ला भाँचिएको छ। घटनास्थलमा चौघडा प्रहरीको टोली पुगेको छ भने चालक फरार रहेको बुझिएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।

समाचार समाज स्थानीय