भारतिय र नेपाली नोटसहित चार जना मकवानपुर प्रहरीको नियन्त्रणमा

हेटौंडा । लुकाइ ल्याएको भारतिय र नेपालीगरी ११ लाख नगदसहित चारजनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौडा उपमहानगरपालिका वडा नंबर—१५ रातोमाटेमा चेकजाँचको क्रममा अबैध रुपमा ल्याइएको रकमसहित ४ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

हेटौँडा–पथलैया सडक खण्ड अन्तर्गत् रातोमाटेमा वीरगंजबाट नारायणघाटतर्फ जाँदै गरेको बी आर ०१ एआर २९९१ नंम्बरको भारतीय कारलाई शंका लागी रोकी चेकजाँच गर्ने क्रममा साढे पाँच लाख भारतीय रुपैयाँ र नेपाली दुई लाख ५० हजार रुपैयाँ नगद फेला पारेको हो । भारतियो रकमलाई पनि नेपाली रकममा रुपान्तरण गर्दा र नेपाल रकम सहित करिब ११ लाख बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कार चालक भारत विहार राज्य सितामणी थाना ९९ भुभैरवोका ३० वर्षीय राकेश कुमार र सोही कारमा सवार चन्द्र बाबु, अशोक राय, सुनसरीको कोशी गाउँपालिका(४ का निजाम मियासमेत ४ जना रहेका छन् ।

उनीहरुको साथबाट एक हजार ४२ थान भारतीय पाँच सयको नोट, दुईसयका ९३ थान, एक सयका ९३ थान, ५० को नोट ४ थान समेत गरी जम्मा भारतीय पाँच लाख ४९ हजार एक सय र नेपाली रुपैयाँ २ लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

समाचार समाज