राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको लागि आज मनोनयन दर्ता

राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको लागि आज मनोनयन दर्ता हुने भएको छ ।

भोलि फागुन २९ गते हुने उक्त निर्वाचनको लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुने संघीय सचिवालयले जनाएको छ ।

संसद सचिवालयका अनुसार, आजै दिउँसो उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

उक्त पदका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।

राजनीति समाचार