मकवानपुरको कैलाशमा दुई घर जलेर नष्ट

हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिका वडा नं.७ बिथलीमा मंगलबार दुई घर जलेर नष्ट भएको छ । स्थानीय इमानसिङ प्रजा र प्रतापसिङ प्रजाको खर र काठले बनेको दुई कोठे एक तले कच्चि घर जलेर नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार इमानसिङको घरमा खाना पकाउने क्रममा अचानक आगलागी हुँदा प्रतापसिङको पनि घर जलेर नष्ट भएको हो । आगलागीबाट मानविय तथा पशु चौपायाँको क्षति भएको छैन भने दुई घर, घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाडाकुडा लगायतका सामग्री नष्ट हुँदा १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

समाचार समाज