चित्रेपानी वनमा डढेलो नियन्त्रण तालिम

हेटौडा ।हेटौडा–१५ मा रहेको चित्रेपानी कबुलियती वन उपभोक्ता समूहको आयोजनामा बुधवार डढेलो नियन्त्रण सम्वन्धि अभ्यास तालिमको आयोजना गरिएको छ ।

सुख्खायाममा वनमा लाग्ने डढेलोलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिन तालिमको आयोजना गरिएको हो ।तालिममा सव डिभिजन वन कार्यालय, हेटौडाकी प्रमुख सविना रिजाल, फरेष्टर यदुकुमार घिमिरेले सहजीकरण गरेका थिए ।

समूहका अध्यक्ष श्याम बहादुर स्याङबोको अध्यक्षतामा भएको तालिममा कबुलियती वन जिल्ला सुपरभाइृजर महालक्ष्मी खड्का, वित्त सहायक विनिता राई, सहसचिव सुनिता थिङ, चित्रेपानी कबुलियती वन समूहका सचिव भीमसेन दंगाल, विभिन्न कबुलियती वन समूहका अध्यक्ष, उपभोक्ता समेतको सहभागिता थियो।

समाचार समाज