रास्वपा नेतृत्वमाथि प्रहार गरेर कांग्रेस सरकार ढाल्ने चलखेलमा छ : महेश बर्तौला

 

नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाएका छन् ।

रास्वपा नेतृत्वमाथि प्रहार गरेर कांग्रेस सरकार ढाल्ने चलखेलमा छ स् महेश बर्तौला आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अंक गणितका आधारमा प्रस्तुति देखाइरहेको आरोप लगाए । उनले कांग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै अनुसन्धानले दोषी ठहराएको खण्डमा दोषी कोहीलाई पनि उम्किन दिनु नहुने बताए ।

रास्वपाको नेतृत्वलाई बदनाम गर्ने, टिक्न नसकेपछि यो सरकार ढाल्न सकिन्छ भन्ने ध्येयका साथ एक महिना भित्रमा सरकार ढाल्छौँ भनिरहनुभएको छ । अनुसन्धानले सबै किसिमको छानबिनबाट उहाँ दोषी हुँदा उहाँलाई कसैले जोगाउनुपर्छ भन्ने छैन । कोही प्रधानमन्त्री र गृहमन्त्री भयो भन्दैमा सारा अंग प्रभावित हुन्छ भन्ने सोच्नु हुँदैन । यो सरकारलाई उहाँहरुले २८ दिनको म्याद दिनुभएको छ, उनले भने ।

सुन तस्करीको प्रकरणको सन्दर्भमा सरकारले बनाएको आयोगले दिएको प्रतिवेदनको सम्पूर्ण कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ । उनले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मुख्य कार्यभार भएको बताए ।

राजनीति समाचार