आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

जसअनुसार बिहान साढे १० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । सो बैठकमा समितिको सभापतिको निर्वाचन हुनेछ ।

त्यस्तै, साढे १० बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ ।

सो बैठकमा मा राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम (१) बमोजिम यस समितिको सभापतिको रिक्त पदको निर्वाचन तथा समितिमा मनोनीत भई आउनुभएका नयाँ सदस्यहरूको स्वागत कार्यक्रम रहेको छ ।

राजनीति समाचार