आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, मधेस प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात भइरहेको महाशाखाको भनाई छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित छिटपुट वर्षा हुने जनाइएको छ ।

साथै राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाको भनाई छ ।

समाचार समाज