बुधबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

नेपाली बजारमा बुधबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन मंगलबार कै मूल्यमा कारोबार भएको जानकारी गराएको हो ।

महासंघका अनुसार, आज छापावाल सुन तोलामा १ लाख २५ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ भने घटेको छ । मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो ।

भाउ घटेसँगै आज चाँदी प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ समाचार