उपनिर्वाचनः उम्मेदवार छनोट गर्न रास्वपाले कार्यतालिका बनायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी बैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न कार्यतालिका बनाएको छ ।

रास्वपाबाट उम्मेदवार हुन इच्छुकका लागि मंगलबारदेखि चैत्र १४ गतेसम्म आवेदन दिन भनिएको छ । त्यसपश्चात प्रारम्भिक उम्मेदवारहरूको नामावली चैत्र १४ को साँझ प्रकाशन गरिने रास्वपाले जनाएको छ ।

यस्तै, प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय १५ चैतको दिउँसो १ बजेसम्म तोकिएको छ । रास्वपाबाट उम्मेदवार हुन इच्छुकसँग त्यसैदिन छलफल गरेर साँझ ८ बजेसम्म नाम टुंगो लगाउने जनाइएको छ ।

पार्टीले १६ चैतमा उम्मेदवार टुंगो लगाएर १७ चैतमा सार्वजनिक गर्ने कार्यतालिका बनाएको जनाइएको छ ।

राजनीति समाचार