सवारी चालक बन्दै हेटौंडा–३ का महिला

हेटौंडा– वडा कार्यालयको चालु आर्थिक बर्षको बजेटमा समावेश महिला लक्षित कार्यक्रममा सहभागि बन्दै सवारी चालकको प्रशिक्षण लिएका हेटौंडा–३ का महिलाहरु सवारी चालक बन्ने भएका छन् ।

महिलाहरुको आर्थिक पाटोमा सहयोग पुर्यउने उद्देश्य अनुसार चालु आर्थिक बर्ष २०८०/०८१ को बजेटमा समावेश रहेको २ लाख रुपियाँ बजेटबाट कार्यालयले वडामा रहेका १५ वटा टोलविकास सस्थाबाट छनौंटमा परेका १५ जना महिलालाई (४ चक्के) साना सवारीचालकको प्रशिक्षण दिएको थियो । प्रशिक्षणमा सहभागि मध्य एकले यातायात कार्यालय हेटौंडाले लिएको सवारी चालक अनुमती पत्र समेत प्राप्त गरेकी छन् । १५ लिने तालिममा सहभागि १५ जनामध्य हेटौंडा–३ की दिक्षा ढकालले सवारी चालक अनुमति पत्रको परिक्षा पास गर्दै अनुमति पत्र प्राप्त गरेकी हुन् ।

तालिमको क्रममा दिएको परिक्षामा पास भएको भन्दै तालिम समापनमा ढकाललाई सम्मान खादा लगाएर सम्मान समेत गरीएको थियो । बुधबार भएको तालिमको समापन गर्दै हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले तालिम लिएर प्राप्त गरेको सिपलाई व्यवहारमा उतार्ने गरी काम गर्न सुझाब दिइन् । उनले सिपलाई सिरानीमा राख्ने होइन व्यवसायीक हुँदै आयआर्जनमा जोडिनु पर्ने बताइन् । व्यवसायीक बन्दै आर्थिक रुपमा सक्षम बन्न सके आत्मनिर्मर बन्न सकिने उनको भनाई थियो ।

हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडाका अध्यक्ष ढलकबहादुर थापाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा वडा सदस्य सबिना बिडारी, वडा सचिब महेन्द्र चापागाईँ, पायोनिर मल्टिपर्पस ड्राइभिङ प्रालिका सञ्चालक दिनेश बिडारी, व्यवस्थापक उर्मिला आचार्यको आतिथ्यता रहेको थियो । समापनमा आफ्नो धारणा राख्दै प्रशिक्षार्थि लक्ष्मि तामाङले वडा कार्यालयले सिप सिक्नका लागि घर बाहिर निस्कन सक्ने अवस्था बनाएकोमा खुशी व्यक्त गरीन् । उनले तालिमले हामिमा हौसला बढेको छ, यस्ता तालिमका कार्यक्रम थप गर्न माग गरीन् ।

 

समाचार समाज