बागमतीका किशोरीहरूलाई एचपीभीविरुद्धको दोस्रो मात्रा खोप दिइँदै

हेटौंडा । बागमती प्रदेशका किशोरीहरूलाई आज पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) को दोस्रो मात्रा दिइने भएको छ ।

गत भदौमा डेमोस्ट्रेसन कार्यक्रमको रूपमा सातै प्रदेशका किशोरीहरुलाई लगाइएको पहिलो ‘ह्युमन प्यापिलोमा भाइरस’ विरुद्धको खोपको दोस्रो मात्रा ६ महिनापछि आज बागमतीका किशोरीहरुलाई दिन लागिएको हो ।

प्रदेशका १३ जिल्लाका १४ वर्ष पूरा भई १५ ननाघेका किशोरी बालबालिकालाई उक्त खोप दिन लागिएको हो । खोप सबै प्रदेशका प्रदेशस्तरीय अस्पतालबाट दिइनेछ ।

खोपको पहिलो मात्रा लिएकाले कार्ड लिएर दोस्रो मात्रा लिन तोकिएको अस्पतालमा गएर खोप लगाउन सक्ने जनाइएको छ ।

राजनीति समाचार