आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइँदैछ । हरेक वर्ष २१ मार्च पर्ने उक्त दिवसमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको हो ।

संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसयता हरेक वर्ष मार्च २१ लाई विश्वभरि जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउँदै आएको छ ।

दिवसको अवसरमा प्रदेश र जिल्लाहरूमा पनि विशेष गरी दलित समुदायका सङ्घसंस्था, राजनीतिकर्मी, अभियन्ता र सर्वसाधारणले आज सचेतना, सङ्घर्ष तथा छलफल र बहसलगायत विभिन्न कार्यक्रम आयोजना गर्दैछन् ।

राजनीति समाचार