सुनको मूल्य बढ्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला २ हजार ६ सय रुपैयाँले बढेको भएको हो ।
छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसै गरी, चाँदीको मूल्य बिहीबार प्रतितोला ३५ रुपैंया बढेर १५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थ समाचार