विद्यालयको दिवा खाजामा वनतरुलको चिप्स

०८ चैत,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका भित्र रहेका विद्यालयहरुमा विद्यार्थीलाई दिवा खाजाका रुपमा स्थानीय एवम् रैथानेबालीका परिकारहरु खुवाउने गरिएको छ ।

स्थानीय स्तरमा नै उत्पादन हुने कोदो, फापर, जुनेलो, मकै लगायत विभिन्न कन्दमुलहरुलाई समेत विद्यालयहरुले दिवा खाजाका रुपमा प्रयोग गर्ने गरेका छन् ।

यसैक्रममा मकवानपुरगढी पालिकाको वडा न. ८, बुढीचौरमा रहेको रुपनारायण माध्यमिक बिद्यालयले खाजामा बनतरुललाई पनि समावेश गरेको छ । स्थानीय ठाउँमा नै उपलब्ध हुने बनतरुललाई पनि खाजाका रुपमा समावेश गरिएको विद्यालयले जनाएको छ ।

हरेक बिहिवारका दिन विद्यालयले विद्यार्थीहरुलाई दिवाखाजामा स्थानीय एवम् रैथानेबालीको परिकार खुवाउने क्रममा वनतरुलको चिप्स बनाएर खुवाएको हो ।

स्थानीय स्तरमा उत्पादन तथा उपलब्ध हुने रैथानेबाली मानव स्वास्थ्यका लागि अनुकुल हुने भएकोले विद्यार्थीलाई पनि खाजाका रुपमा समावेश गरिएको गाउँपालिकाका अध्यक्ष दोर्जेलामा स्याङ्तानले बताउनुभयो ।

शिक्षा समाचार समाज